३० असार २०८३, मंगलबार
श्रम संस्कृतिको दोस्रो जित

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

फागुन २४, २०८२
काठमाडौं
सुनसरी-१ मा हर्क साम्पाङ विजयी

सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् ।

आइतबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत ल्याउँदै जित दर्ता गरे । यससँगै प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृतिबाट निर्वाचित हुनेको संख्या २ पुगेको छ ।

हर्कका निकटतम् प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङ ‘सरिन’ले २७ हजार २४९ मत ल्याइन् । 

तेस्रोमा रहेका एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ र नेकपाका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाए ।

प्रतिनिधिसभा निर्वाचन लड्न हर्कले धराउन उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्