१७ असार २०८३, बुधबार
मतगणना अपडेट

१५१ क्षेत्रको नतिजा आउँदा रास्वपाको ११७ सीट, बाँकी कसको कति ?

फागुन २४, २०८२
काठमाडौं
१५१ क्षेत्रको नतिजा आउँदा रास्वपाको ११७ सीट, बाँकी कसको कति ?

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

१६५ क्षेत्रमध्ये दिउँसो २ बजेर ५० मिनेटसम्म १५१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

जसमा ११७ सीटसहित रास्वपा पहिलो नम्बरमा छ । रास्वपाले ८ सीटमा अग्रता लिइरहेको छ ।

दोस्रोमा रहेको कांग्रेसले १७ सीटमा जित हासिल गरेको छ । जारी मतगणनामा कांग्रेसको अग्रता कहीँ पनि छैन ।

यस्तै, तेस्रोमा रहेको एमालेले ७ सीटमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ ।

चौथोमा रहेको नेकपाले ६ क्षेत्रमा जित निकालेर २ क्षेत्रमा अग्रता लिइरहेको छ । श्रम संस्कृति पार्टीले २ स्थानमा जित्दा राप्रपाले एक स्थानमा जितेको छ । हाल श्रम संस्कृतिले एक ठाउँमा अग्रता लिइरहेको छ । 

यसैगरी स्वतन्त्र उम्मेदवार एक क्षेत्रमा निर्वाचित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्