
बहुप्रतीक्षित ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ।
यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको सामसङ नेपालले जनाएको छ ।
कम्पनीका अनुसार यसले तालिका व्यवस्थापन गर्नेदेखि लिएर कन्टेन्ट बनाउनेसम्म, ग्यालेक्सी एस२६ सिरिजले प्रयोगकर्ताहरूलाई प्राविधिक जटिलताहरूको सट्टा परिणामहरूमा ध्यान केन्द्रित गर्ने कुरा सुनिश्चित गर्दछ।
ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६+ र ग्यालेक्सी एस२६, अब नेपालमा मार्च ८ देखि मार्च १८, २०२६ (वा स्टक उपलब्ध नभएसम्म)सम्म प्रि-अर्डरको लागि उपलब्ध छन् ।
'ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताहरूको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको छ, जसले एजेन्टिक एआईमार्फत सामसङका लागि नयाँ दिशा संकेत गर्छ,' सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रणयरत्न स्थापितले भने, 'यो बुद्धिमान प्रविधिले दैनिक कामहरू शान्त रूपमा व्यवस्थापन गर्छ, जसले प्रयोगकर्ताहरूलाई साँच्चै महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ—जस्तै परिवारसँग समय बिताउने, उत्पादकत्व बढाउने र दैनिक क्षणहरूको आनन्द लिने। हाम्रो विस्तारित २४ महिनाको ईएमआई सुविधाको शुरूआतसँगै हामी पहुँचलाई नयाँ रूपमा परिभाषित गर्दै सामसुङका सबैभन्दा उन्नत प्रविधिहरूलाई पहिलेभन्दा अझ सहज रूपमा उपलब्ध गराउँदैछौं, जसले धेरै ग्राहकहरूलाई कुनै सम्झौता नगरी फ्ल्यागशिप प्रविधिको अनुभव लिन सक्षम बनाउँछ ।'
यस्ता छन् विशेषता :