२३ असार २०८३, मंगलबार

बर्दिया २ मा रास्वपाका पोखरेल विजयी

फागुन २४, २०८२
बर्दिया
बर्दिया २ मा रास्वपाका पोखरेल विजयी

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् ।

पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार एक सय ८० मत र नेकपा (एमाले) की विमला विकले १० हजार सात सय ७२ मत ल्याए ।

उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो ।

जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्