२६ असार २०८३, शुक्रबार

संखुवासभाको मतगणना : एमाले उम्मेदवारलाई पछ्याउँदै रास्वपा उम्मेदवार

फागुन २५, २०८२
काठमाडौं
संखुवासभाको मतगणना : एमाले उम्मेदवारलाई पछ्याउँदै रास्वपा उम्मेदवार

एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा जारी मतगणना रोचक बनेको । पछिल्लो ताजा परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्कीले आफ्नो अग्रता कायम राखेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङमा शेर्पाले कडा प्रतिस्पर्धाका साथ पछ्याइरहेका छन्।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार एमालेका उम्मेदवार कार्कीले १० हजार २७६ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन्। उनलाई रास्वपाका उम्मेदवार मिङमा शेर्पाले ९ हजार २८४ मतका साथ पछ्याइरहेका छन्। हाल कार्की र शेर्पाबीचको मतान्तर ९९२ रहेको छ।

त्यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठ ७ हजार ७६० मतसहित तेस्रो स्थानमा रहेका छन्। यस क्षेत्रमा श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ६ हजार १३४ मत प्राप्त गर्दै आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएकी छिन्।
 

salt training

कमेन्ट गर्नुहोस्