११ असार २०८३, बिहीबार

जेलबाट छुटे दीपक मनाङे

फागुन २७, २०८२
काठमाडौं
जेलबाट छुटे दीपक मनाङे

ज्यान मार्ने उद्योग कसुरमा जेल चलान भएका राजीव गुरुङ उर्फ दीपक मनाङे सजाय पूरा गरेर बुधबार जेलमुक्त भएका छन् ।

पाँच वर्ष कैद सजाय तोकिएका उनले विभिन्न चरणमा कैद भुक्तान गर्दै आएका थिए । पछिल्लो पटक उनी डिल्लीबजार कारागारमा विगत १४ महिनादेखि कैद भुक्तान गरिरहेका थिए ।

२०६१ वैशाख ३१ मा काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा चक्रे मिलनको समूह र मनाङे समूहबीच ‘ग्याङ फाइट’ भएको थियो । दुवै पक्ष खुँडा र धारिलो हतियारसहित थिए । मनाङेले धारिलो हतियार प्रहार गरी चक्रे मिलनको बायाँ हात छिनाइदिए ।

लगत्तै चक्रे मिलनको हात त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगेर जोडियो ।

सोही घटनापछि चक्रेकी श्रीमतीले प्रहरीमा ज्यान मार्ने उद्योगमा मनाङेसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रहरीको अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भयो । जिल्ला अदालतको आदेश अनुसार २०६२ वैशाख १३ मा उनी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए ।

पछि अदालतले दुई वर्ष मात्रै कैद सुनायो । जिल्लाको फैसला चित्त नबुझेपछि सरकारले उच्च अदालतमा पुनरावेदन दियो ।

उच्चले पाँच वर्षको कैद सुनाएको थियो । तर, त्यो बीचमा मनाङे मनाङबाट प्रदेशसभामा निर्वाचित समेत भएका थिए ।

उनी प्रदेशसभा सदस्यमा निर्वाचित बनेपछि सर्वोच्चले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेको थियो । त्यसपछि उनी कारागार चलान भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्