२८ असार २०८३, आइतबार

रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

फागुन २८, २०८२
काठमाडौं
रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय सफलताका लागि रवि र बालेनलाई प्रधानमन्त्री शरीफले बधाई दिएका हुन् । 

बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् । 

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेको काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्