
कञ्चनपुरमा एक नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथ छन् ।
भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बलात्कारको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
'अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ,' थापाले भने, 'जङ्गलभित्र लगेर बालिकामाथि जबर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।'