२९ असार २०८३, सोमबार

केन्यामा बाढीका कारण मृत्यु हुनेको संख्या ६२ पुग्यो

फागुन ३०, २०८२
काठमाडौं
केन्यामा बाढीका कारण मृत्यु हुनेको संख्या ६२ पुग्यो

केन्यामा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६२ जना पुगेको छ ।

आन्तरिक तथा राष्ट्रिय प्रशासन मन्त्रालयका अनुसार मृतकमा ४६ पुरुष, ८ महिला र ८ बालबालिका रहेका छन् ।

मन्त्रालयले नाइरोबीमा सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको र त्यसपछि पूर्वी क्षेत्र १७ र रिफ्ट भ्याली क्षेत्रमा ७ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

सरकारले बाढीले १० हजार भन्दा बढी परिवार प्रभावित भएको र ४ हजार ८४५ जनालाई सुरक्षित ठाउँमा सरेर बस्न बाध्य भएको जनाएको छ ।

भारी वर्षाका कारण पूर्वी अफ्रिकी राष्ट्रका विभिन्न भागमा बाढी आएको, सडक अवरुद्ध भएका, सम्पत्ति नष्ट भएका र प्रभावित समुदायमा असहज अवस्था सिर्जना भएको बताइएको छ ।

मृत्युसँगै पूर्वाधार र जीविकोपार्जनमा पनि ठूलो क्षति भएको छ ।

केन्या मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको र जीवन रक्षाका लागि अत्यन्त सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्