२५ जेठ २०८३, सोमबार
सडक पूर्वाधारमा फड्को

विदेशको झल्को दिनेगरि बन्दैछ सूर्यविनायक–धुलिखेल सडक [ड्रोन भिडियो]

फागुन ३०, २०८२
काठमाडौं

झन्डै तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको अहिले तीव्र रूपमा कालोपत्रे गर्ने काम भइरहेको छ । दुई लेनमा रहेको सूर्यविनायकदेखि धुलीखेलसम्मको सडकखण्डलाई ६ लेनमा विस्तार गर्ने काम जारी छ ।

यस आयोजनालाई पहिलो सूर्यविनायक–साँगा र दोस्रो साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । अहिलेसम्म पहिलो सूर्यविनायक–साँगाको भौतिक प्रगति करिब ४८ प्रतिशत र दोस्रो साँगा–धुलिखेल खण्डको भौतिक प्रगति ६७ प्रतिशत भएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए ।

२०७९ पुसमा ठेक्का सम्झौता भएको सडक स्तरोन्नतिको काम समयमै सम्पन्न हुन नसक्दा एक वर्षको म्याद थपिएको छ । आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डको म्याद २०८३ मंसिर २३ सम्म थप गरिएको छ । अर्को; सूर्यनियक–साँगा खण्डको म्याद २०८३ मंसिर ५ गतेसम्म थप गरिएको छ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडकलाई ६ लेनमा विस्तार भइरहेको छ । यही सडकखण्डको बीचको सूर्यविनायक–साँगाको उकालोमा अन्डरपास निर्माण भइरहेको छ । 

यस खण्डको अहिले बनेपा बजारलगायतका क्षेत्रमा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको आयोजनाका सबइन्जिनियर रेयोन फुँयालले बताए । 

फुयाँलका अनुसार सडक दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण हुनेछ । साँगाको उकालोमा करिब दुई किलोमिटर जाने–आउने लेन तल–माथि हुनेगरि काम भइरहेको फुँयालले बताए ।

 

 

salt training

कमेन्ट गर्नुहोस्