०६ साउन २०८३, बुधबार

युद्ध प्रभावित क्षेत्रका नेपालीको उद्धारका लागि पहल गर्ने सरकारको निर्णय

चैत १, २०८२
काठमाडौं
युद्ध प्रभावित क्षेत्रका नेपालीको उद्धारका लागि पहल गर्ने सरकारको निर्णय

सरकारले युद्ध प्रभावित पश्चिम एसियाली मुलुकमा रहेका नेपालीको उद्धार तथा राहतका लागि पहल थाल्ने निर्णय गरेको छ । 

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले रियाद, आबुधावी, दोहा, कुवेत, मस्कट, इस्लामावाद, कायरो र तेलअविवमा रहेका दूतावास र महावाणिज्यदूतावासले उद्धार तथा राहतको लागि पहल गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सम्बन्धित मुलुकमा रहेका दूतावास तथा महावाणिज्यदूतावाससँगै नेपाल सरकारले समेत अलपत्र परेकाको उद्धार र राहतमा काम थाल्ने निर्णय गरेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्