२२ असार २०८३, सोमबार

इरानी गुप्तचर निकायका प्रमुख मारिए

चैत ४, २०८२
काठमाडौं
इरानी गुप्तचर निकायका प्रमुख मारिए

इरानका अर्का वरिष्ठ अधिकारी गुप्तचर मन्त्री इस्माइल खतिबको अमेरिकी–इजरायली कारबाहीमा मृत्यु भएको इजरायलले बुधबार जानकारी गराएको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले खतिबमाथिको कारबाहीलाई ‘कायरतापूर्ण हत्या’ को संज्ञा दिएका छन् । 

फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको थियो ।

इरानी सुरक्षा प्रमुख अली लारीजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको भोलिपल्ट खतिबको मृत्युको खबर आएको हो।

इजरायलका रक्षामन्त्री इजरायली काट्जले खतिबको मृत्युको पुष्टि गर्दै भने, “प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मैले आइडिएफलाई कुनै पनि वरिष्ठ इरानी अधिकारीलाई थप स्वीकृतिको आवश्यकता बिना मार्नसक्ने आदेश दिएका छौँ, जसका लागि गुप्तचर र परिचालन सर्कल बन्द गरिएको छ ।

इजरायलले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि खोज्ने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्