१२ साउन २०८३, मंगलबार

रास्वपालाई पूर्वअर्थमन्त्रीको सुझाव- अनावश्यक घमण्ड र महत्त्वाकाङ्क्षा नराख्नुस्

चैत ७, २०८२
बुटवल
रास्वपालाई पूर्वअर्थमन्त्रीको सुझाव- अनावश्यक घमण्ड र महत्त्वाकाङ्क्षा नराख्नुस्

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नयाँ सरकारलाई अनावश्यक घमण्ड र महत्त्वाकाङ्क्षा नराख्न सुझाव दिएका छन् ।

चिन्तन अभियान नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको 'नेपाली राजनीति र अबको परिदृश्य' विषयक कार्यक्रममा उनले अब बन्ने नयाँ सरकारले अनावश्यक घमण्ड र महत्त्वाकाङ्क्षा राख्न नहुने बताएका हुन् ।

अनावश्यक घमण्ड र महत्त्वाकाङ्क्षा राखे २०७४ सालमा नेकपा बजारिएजस्तै बजारिनु पर्ने अवस्था आउन सक्ने उनले बताए ।

‘नयाँ बन्दै गरेको सरकारलाई शुभकामना छ, देश बनेछ भने हामी पनि ताली पिटौंला,’ पाण्डेले भने, ‘हाम्रो अनुभवले सबैभन्दा ठूलो रूपमा विजयी भएका सबैभन्दा अगाडि पछारिएका घटनाहरू धेरै देखेका छौं । 

'एक्ट्रिम पावर’मा पुगेकाहरू घमण्ड र महत्त्वकांक्षाका कारण एकैपटक बजारिएका उदाहरण प्रशस्तै रहेका उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्