२२ असार २०८३, सोमबार

यूएईको तटमा जहाज नजिकै विष्फोट, चालक दलका सबै सदस्य सुरक्षित

चैत ८, २०८२
काठमाडौं
यूएईको तटमा जहाज नजिकै विष्फोट, चालक दलका सबै सदस्य सुरक्षित

 संयुक्त अरब इमिरेट्स (यूएई) को तटमा एउटा व्यापारिक जहाज नजिकै विष्फोट भएको छ। युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसनले यस घटनाको पुष्टि गरेको हो।

उसका अनुसार यूएईको शारजाह शहरबाट १५ नटिकल माइल (करिब २७ किलोमिटर) उत्तरमा उक्त घटना घटेको हो। जहाजका क्याप्टेनले दिएको जानकारी अनुसार जहाजको निकै नजिकै एउटा अज्ञात वस्तुबाट विष्फोट भएको थियो।

यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन। जहाजमा रहेका चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको जनाइएको छ । 

यो विष्फोट कसले र किन गराएको हो भन्नेबारे स्पष्ट हुन सकेको छैन। पछिल्लो समय मध्यपूर्वको समुद्री मार्गमा तनाव बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो। समुद्री सुरक्षा निकायहरूले यसबारे थप अनुसन्धान गरिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्