०९ साउन २०८३, शनिबार

बालेनलाई संसदीय दलको नेता छान्न रास्वपाले बोलायो बैठक

चैत ९, २०८२
काठमाडौं
बालेनलाई संसदीय दलको नेता छान्न रास्वपाले बोलायो बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। 

पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार चैत १२ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । 
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठक दिउँसो ४ बजे सुरु हुनेछ। 

बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिनेछ । यसअघि नै पार्टीभित्र बालेनलाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ । 

बैठकको कार्यसूचीमा पहिलो बुँदा नै 'संसदीय दलको नेता सम्बन्धमा' राखिएको छ भने दोस्रो बुँदामा विविध समसामयिक विषयहरूमा छलफल हुने उल्लेख छ।
पार्टीले सबै केन्द्रीय सदस्यहरूलाई बैठकको महत्वलाई ध्यानमा राख्दै अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्