२९ असार २०८३, सोमबार
चुनावपछि गगनको पहिलो भाषण

गगनले रास्वपालाई दिए बधाई, बाहिर बसेर रचनात्मक ढंगले सघाउने

चैत १०, २०८२
काठमाडौं
गगनले रास्वपालाई दिए बधाई, बाहिर बसेर रचनात्मक ढंगले सघाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपालाई बधाई दिएका हुन् ।

'राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावबाट सुविधाजनक ढंगले ५ वर्षका लागि सरकार सञ्चालन गर्ने जुन म्यान्डेट प्राप्त गरेको छ, त्यसका लागि उहाँहरूलाई म बधाई दिन चाहन्छु, थापाले भने ।

उनले संविधानको मर्म र नौजवानहरूको विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्न आग्रह पनि गरेका छन् ।

'संविधानको मर्म र भावना तथा नौजवानहरूको विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्नुहुन्छ भन्ने सुभेक्षा प्रकट गर्दछु,' उनले अगाडि भने ।

थापाले राम्रा काममा समर्थन र गलत काममा प्रश्न गर्ने रचनात्मक भूमिका आफूहरूले निर्वाह गर्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्