१२ साउन २०८३, मंगलबार
च्यासलमा ओलीको सम्बोधन

कार्की आयोगको प्रतिवेदनमा प्रतिशोध साँधिएको छ, यो आयोगको कुकर्म हो : ओली

चैत १२, २०८२
काठमाडौं
कार्की आयोगको प्रतिवेदनमा प्रतिशोध साँधिएको छ, यो आयोगको कुकर्म हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन र सिफारिस कानूनसम्मत नभएको टिप्पणी गरेका छन् ।  

पार्टीबाट निर्वाचित सांसदहरूलाई आज प्रशिक्षण दिँदै उनले आयोगको प्रतिवेदन मानसिक तनाव दिने गरी तयार गरिएको कुकर्म भएको बताए ।

उनले न्यायाधीश भइसकेका तथा प्रहरीको उच्च ओहदामा बसेका समिति सदस्यहरूले बनाएको प्रतिवेदन र कारबाही सिफारिस कानूनअनुसार हुनै नसक्ने धारणा राखे ।

‘साधारणतया कानून बुझेको वा कानून हेर्न जान्ने मान्छेले यस्तो कुरा गर्न सक्दैन भने पूर्वन्यायाधीश भइसकेको मान्छेले यत्तिको कुरा बुझ्नुपर्ने हो,’ उनले भने, ‘हाम्रो नाम चरम पूर्वाग्रह राखेर कतै केही नपाएपछि, केही नभेटेपपछि बलजफ्ती राखिएको छ ।’

आयोगले आफूमाथि गरेको कारबाही सिफारिस बारे उनले अगाडि थपे, ‘यो चल्ने नसक्ने कुरा हो । यो बदनाम गर्ने चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकट भएको मात्र हो । त्यसकारण यो निन्दनीय खेदजनक र अस्वीकार्य छ ।’

उनले आफूहरूविरुद्ध अझै पनि मिडिया ट्रायल भइरहेको बताए । ‘हाम्राविरुद्ध हमला जारी छ । मिडिया ट्रायल भएको छ । कार्की आयोग भन्ने एउटा आयोग बनाइएको थियो । हाम्रो पार्टीको १०औं केन्द्रीय कमिटीले आयोगको प्रतिवेदन सत्यतथ्यमा आधारित भएर आउँदैन भन्ने निष्कर्ष निकालेको थियो,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्