२४ असार २०८३, बुधबार
मध्यपूर्व तनाव

थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

चैत १३, २०८२
काठमाडौं
थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप १० दिन इरानी ऊर्जा साइटहरूमा आक्रमण नगर्ने घोषणा गरेका छन् । नयाँ समयसीमा अब अप्रिल ६ को लागि तय गरिएको बीबीसीले जनाएको छ ।

दुई देशहरूबीच जारी वार्तालाई अगाडि बढाउन यो निर्णय गरिएको उनले बताए । सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी सरकारको अनुरोध बमोजिम १० दिन आक्रमणमा रोक लगाएको उनको भनाइ छ । 

यसअघि ट्रम्पले इरानी ऊर्जा साइटहरूमा पाँच दिन आक्रमण नगर्ने घोषणा गरेका थिए, जुन समयसीमा शुक्रबार सकिँदै छ । 

इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने ह्वाइट हाउसले चेतावनी दिएको छ । इरान वार्तामा नआए अमेरिकाले लगातार आक्रमण गर्ने चेतावनी ट्रम्मले समेत दिएको बीबीसीले जनाएको छ । 

तर इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै वार्ता नभएको प्रतिक्रिया दिएका छन् । यसअघि, इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना अस्वीकार गरिसकेको छ । 

यसैबीच, अमेरिकाले इरानको खार्ग टापुमा स्थल आक्रमण गर्न सक्ने रिपोर्टहरू आएका छन् । प्रतिक्रियामा, इरानले बाब-एल-मन्डेब जलडमरूम बन्द गर्ने धम्की दिएको छ । बाब-एल-मन्डेब लाल सागरको प्रवेश बिन्दु हो । यसले लाल सागरलाई अरब सागरसँग जोड्छ । यो विश्वको चौथो ठूलो ढुवानी मार्ग हो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूममा शत्रु जहाजहरू रोक्नु इरानको कानुनी अधिकार भएको बताए । मिडिया रिपोर्टका अनुसार, संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेससँगको कुराकानीमा अराघचीले समुद्री मार्गमा बढ्दो असुरक्षा अमेरिका र यहूदी शासनको कार्यको परिणाम भएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्