०५ साउन २०८३, मंगलबार

सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे देश पुनः द्वन्द्वतर्फ धकेलिन्छ : महेश बस्नेत

चैत १३, २०८२
काठमाडौं
सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे देश पुनः द्वन्द्वतर्फ धकेलिन्छ : महेश बस्नेत
फाइल फोटो

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले धरपकड र राजनीतिक बदला लिन देश पुनः द्वन्द्वतर्फ धकेल्ने बताएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे पहिलो गाँसमै ढुङ्गा पर्ने बताएका हुन् । सरकारको उक्त कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने उनको दाबी छ ।

'बालेन नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकमै जेनजी घटना जाँचबुझका लागि गठित कार्की आयोगको प्रतिवेदनबारे निर्णय गरेछ । सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतका व्यक्तिहरूको हकमा भने सोझै कार्यान्वयन गर्ने कुटिल र षडयन्त्रपूर्ण निर्णय गरेको भन्ने सुनियो,' उनले लेखेका छन् ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे पहिलो गाँसमै ढुङ्गा पर्ने उनले बताएका छन् । 'कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने उसको पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ,' उनले भनेका छन् ।

यस्तो छ उनको स्टाटस :

कमेन्ट गर्नुहोस्