२९ असार २०८३, सोमबार
एमाले सचिवालय बैठक

जेनजी आन्दोलनको छानबिन गर्न सर्वोच्चका बहालवाला न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न एमालेको माग

चैत १४, २०८२
काठमाडौं
जेनजी आन्दोलनको छानबिन गर्न सर्वोच्चका बहालवाला न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न एमालेको माग

नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्च स्तरीय आयोग गठन गर्न माग गरेको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'को अध्यक्षतामा शनिबार बसेको सचिवालयको आकस्मिक बैठकले उच्च स्तरीय आयोग गठन गर्न माग गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

‘गौरीबहादुर कार्की नेतृत्वको आयोगबारे एमालेले पहिले देखि नै असहमति राख्दै आएको छ, त्यस विषयमा सर्वोच्च अदालतले पनि गम्भीर प्रश्न उठाएकाले अर्को आयोग गठन हुनुपर्ने माग गर्दछौं,' सचिवालय बैठकको निर्णय सुनाउँदै महासचिव पोखरेलले भने ।

उनका अनुसार कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्तविपरीत रहेको एमालेको ठहर छ ।

salt training

कमेन्ट गर्नुहोस्