
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता सिंहदरबारको गेटमै पुगेका छन् ।
बबरमहलबाट सडक विभाग हुँदै अगाडि बढेका प्रदर्शनकारी सिंहदरबारको गेटमै पुगेका हुन् ।
शुरूमा बबरमहलमा टायर बालेर प्रदर्शन गरेका एमाले कार्यकर्ताहरू प्रहरीलाई झुक्याएर सिंहदरबारको दक्षिण गेटमा पुगेका थिए ।
त्यसक्रममा प्रहरीको लाठी चार्जबाट एकजनाको टाउकोमा गम्भीर चोट लागेको छ ।