२२ असार २०८३, सोमबार
प्रहरीको एक्सन

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न पूर्वमन्त्री दीपक खड्का पक्राउ

चैत १५, २०८२
काठमाडौं
सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न पूर्वमन्त्री दीपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।

सम्पत्ति शुद्धीकरण कसुरमा खड्कालाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार खड्कालाई धुम्बाराहीबाट नियन्त्रणमा लिइएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । 

प्रहरीले यसअघि शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्