
एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेकी छन् ।
बस्नेतविरुद्धको निवेदन लिएर पाठक आइतबार सरकारी वकिलकोमा पुगेकी हुन् ।
पाठकले बस्नेतमाथि जबरजस्तीकरणी र भ्रूण हत्याको आरोप लगाउँदै आएकी छन् ।
एमाले सरकारमा छँदा राजनीतिक प्रभावका कारण आफ्नो उजुरीलाई बेवास्ता गरिएको पाठकको आरोप छ ।