१७ असार २०८३, बुधबार

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको विषय पहिले नै संसद्‌मा उठाएको थिएँ : प्रचण्ड

चैत १५, २०८२
काठमाडौं
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको विषय पहिले नै संसद्‌मा उठाएको थिएँ : प्रचण्ड
फाइल फोटो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको विषयमा आफूले पहिले नै संसद्‌मा उठाएको बताएका छन् ।

पार्टीको बैठकबाट निस्कने क्रममा सञ्चारकर्मीहरूको प्रश्नमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘मैले पहिले पार्लियामेन्टमा छानबिन होस् भनेर भनेको हो,’ उनले भने ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विषयमा राखिएको प्रश्नमा पनि उनले संक्षिप्त जवाफ दिए ।

‘राजनीतिक आग्रह पूर्वाग्रह नहोस्, निष्पक्षता कायम होस्, स्वतन्त्र ढंगले छानबिन होस्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्