०५ साउन २०८३, मंगलबार

इरानमा सत्ता परिवर्तन भइसक्यो : डोनल्ड ट्रम्प

चैत १६, २०८२
काठमाडौं
इरानमा सत्ता परिवर्तन भइसक्यो : डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन भइसकेको दाबी गरेका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको शीर्ष नेतृत्व तह ध्वस्त भएको र अहिले त्यहाँ नयाँ समूहसँग व्यवहार भइरहेको बताएका हुन्।

राष्ट्रपति ट्रम्पले इरानको पुरानो शासन पूर्ण रूपमा समाप्त भएको उल्लेख गर्दै भने, 'हामीले इरानमा सत्ता परिवर्तन गरिसकेका छौँ किनभने त्यहाँको एउटा शासन पूर्ण रूपमा ध्वस्त भयो, उनीहरू सबै मारिएका छन्। दोस्रो तहको शासन पनि लगभग समाप्तिको चरणमा छ।'
ट्रम्पले अहिले अमेरिकाले इरानमा तेस्रो तहको नेतृत्वसँग डिल गरिरहेको र उनीहरू पहिलेका शासकहरूभन्दा फरक रहेको बताए। 'अहिले हामी जोसँग व्यवहार गरिरहेका छौँ, उनीहरू बिल्कुलै फरक मान्छेहरू हुन्। म यसलाई सत्ता परिवर्तन नै मान्छु। उनीहरू निकै तार्किक देखिएका छन्,' ट्रम्पले थपे।
एक महिना लामो युद्धका क्रममा इरानका कैयौँ शीर्ष नेताहरू मारिएको सन्दर्भ उल्लेख गर्दै ट्रम्पले भने, 'जुन शासन वास्तवमै खराब र क्रूर थियो, तिनीहरू सबै सकिए। अब एकजना मात्र जीवित हुन सक्छन् जसमा अलिकति प्राण बाँकी छ, नत्र सबै मारिए।'
इरानसँगको भावी सम्बन्धबारे बोल्दै राष्ट्रपति ट्रम्पले निकट भविष्यमा कुनै सम्झौता हुन सक्ने सम्भावना व्यक्त गरे। 'मलाई लाग्छ हामी उनीहरूसँग एउटा सम्झौता गर्नेछौँ। यो धेरै हदसम्म निश्चित छ, तर नहुन पनि सक्छ,' उनले भने।

यसअघि फक्स न्युजसँगको कुराकानीमा पनि ट्रम्पले इरानी नेताहरू मारिएकाले त्यहाँ शासन परिवर्तन भएको टिप्पणी गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्