०४ साउन २०८३, सोमबार

क्षेत्रका समस्याबारे सांसदहरूसँग छलफलमा प्रधानमन्त्री शाह

चैत १६, २०८२
काठमाडौं
क्षेत्रका समस्याबारे सांसदहरूसँग छलफलमा प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदहरूसँग छलफल थालेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले सांसदहरूसँग छलफल थालेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार अहिले कोशी प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ ।

प्रदेशअनुसार समूहगत रूपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्रीको छ ।

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

क्षेत्रका सांसदहरूको समस्याबारे प्रधानमन्त्रीले छलफल थालेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्