३० असार २०८३, मंगलबार

यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ

चैत १६, २०८२
काठमाडौं
यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ

यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको स्वीप अप्रेसन प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । 

ललितपुर महानगरपालिका १३ एकान्तकुनास्थित कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

परिसरका अनुसार प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भइरहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्