
बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका ५ रझेना बस्ने २१ वर्षीय आशिष थारू, सोही नगरपालिका ६ बस्ने २७ वर्षीय सन्दीप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय किशोर रहेका छन् ।
उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।