
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकी अमिशा पराजुलीले आफ्नो चरित्रहत्या गर्नेहरुविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
उनी परिवारका सदस्यसहित ब्यूरोमा उजुरी दिन पुगेकी हुन् ।
ओलीको पक्राउविरुद्ध एमालेले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बन्दा आफू पछिल्ला दिनमा साइबर हिंसाको पीडित बनेको उनले प्रहरी समक्ष बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत आफूलाई यौन हिंसाको धम्की आइरहेको पराजुलीले उजुरीमा उल्लेख गरेकी छिन् ।
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप गिरीका अनुसार पराजुलीले दिएको उजुरी अध्ययन भइरहेको छ ।