०५ साउन २०८३, मंगलबार

कांग्रेसको अनुशासन समितिमा ५०७ उजुरी, सोध्यो ७ दिने स्पष्टीकरण

चैत १८, २०८२
काठमाडौं
कांग्रेसको अनुशासन समितिमा ५०७ उजुरी, सोध्यो ७ दिने स्पष्टीकरण

नेपाली कांग्रेसले अनुशासन उल्लङ्घन गरेको आरोप लागेका व्यक्तिहरूलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरूलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समिति संयोजक तारामान गुरुङले जानकारी दिए ।

उनका अनुसार समितिमा गत फागुन २१ गते भएको चुनावको विषयमा ५०७ वटा उजुरी परेको छ । 

'पार्टीको विरुद्ध गएर स्वतन्त्र उम्मेदवार बनेका, प्रस्तावक तथा समर्थक बसेका, पार्टी उम्मेदवारविरुद्ध प्रचार-प्रसारमा सहभागी भएका, विपक्षीलाई सहयोग गरेका, निर्वाचनमा कांग्रेसलाई मत नमागी साइलेन्स किलिंकको काम गरेका, पार्टीको टिकटमा जनप्रतिनिधि भइ प्रतिनिधिसभामा निर्वाचनमा विपक्षीलाई सहयोग गरेकाहरूलाई सात दिन भित्र स्पष्टीकरण बुझाउन भनेका छौं,' उनले भने । 

null

salt training

कमेन्ट गर्नुहोस्