
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले राजीनामा दिएका छन् ।
उनले बुधबार अपरान्ह साढे ४ बजे इमेलमार्फत राजीनामा पत्र मन्त्रालयमा पठाएका युवा तथा खेलकुद मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
'उहाँले कार्यव्यस्तता कारण देखाउँदै इमेलमा राजीनामा पत्र पठाउनु भएको छ, त्यो उहाँले नै पठाएको हो कि होइन भनेर पुष्टि हुन बाँकी छ, उहाँले फोन उठाइरहनु भएको छैन,' मन्त्रालय स्रोतले भन्यो ।
आचार्यलाई तत्कालीन सरकारले २०८१ पुसमा राखेपको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
नेकपा एमाले पार्टीसँग आबद्ध आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् ।