२८ असार २०८३, आइतबार

६ वर्षपछि ट्रम्पले सम्झिए सुलेमानी

चैत १९, २०८२
काठमाडौं
६ वर्षपछि ट्रम्पले सम्झिए सुलेमानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्धका बीच सन् २०२० मा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरिएको घटनालाई पुनः स्मरण गरेका छन्।

बिहीबार ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सुलेमानीलाई सिध्याउने निर्णय वर्तमान सैन्य सफलताको आधार भएको दाबी गरे ।

उनले सुलेमानीको नेतृत्वमा भएका आक्रमणहरूले अमेरिकी र सहयोगी सेनालाई ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उनको अन्त्य आवश्यक रहेको बताए।
ट्रम्पले वर्तमान युद्धको सन्दर्भ जोड्दै भने, 'यदि सुलेमानी आज जीवितै हुन्थे भने सायद आज राति हाम्रो कुराकानीको स्वरूप केही फरक हुने थियो, तर परिणाम भने एउटै हुने थियो—हामीले अझै पनि ठूलो जीत हासिल गरिरहेका हुने थियौँ।' ट्रम्पले सुलेमानी जस्ता शक्तिशाली कमान्डर नहुँदा इरानको प्रतिरोध क्षमता कमजोर भएको र अमेरिकाले इरानविरुद्ध विजयी अभियान चलाउन सकेको तर्क गरे।

 सन् २०२० को सुरुवातमै अमेरिकाले बग्दादमा ड्रोन आक्रमण गरी सुलेमानीको हत्या गरेको थियो। आजको सम्बोधनमा ट्रम्पले सोही घटनालाई आफ्नो रणनीतिक सफलताको रूपमा प्रस्तुत गर्दै इरानविरुद्धको वर्तमान सैन्य कारबाहीमा अमेरिकी सेनाको मनोबल उच्च रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्