३१ जेठ २०८३, आइतबार

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

चैत २०, २०८२
काठमाडौं
गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राईसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ६१ वर्षीय राईका साथै प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविनकुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उनीहरू काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । 

१० हजार ५९८ बचतकर्ताले ४ अर्ब ५ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम सहकारीमा जम्मा गरेका थिए ।

उक्त रकममध्ये करिब १ अर्ब ४९ करोड रुपैयाँ मात्र ऋण तथा लगानीका रूपमा प्रवाह भएको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बाँकी रकमको स्पष्ट विवरण नदेखिएकाले हिनामिनाको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्