१० साउन २०८३, आइतबार
नयाँ सभामुख चयन

डीपीलाई सभामुखमा प्रस्ताव गर्दै रविले अन्य दललाई दिए धन्यवाद

चैत २२, २०८२
काठमाडौं
डीपीलाई सभामुखमा प्रस्ताव गर्दै रविले अन्य दललाई दिए धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सभामुख पदमा निर्वाचित गरियोस् भन्दै पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्यालको नाम प्रस्ताव गरेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा कार्यसूची अनुसार सभापति लामिछानेले उक्त प्रस्ताव गरेका हुन् ।

सो क्रममा उनले सभामुख पदमा अन्य दलबाट कसैको पनि प्रस्ताव नपरेको भन्दै उनले सबैलाई धन्यवाद दिए ।

‘उहाँलाई सर्वसम्मत बनाउन सबैले गर्नुभएको मद्दत र राजनीतिक सम्मानमा धन्यवाद दिन्छु‚’ रविले भने ।

२० चैतमा सभामुख पदको निर्वाचनका लागि मनोनयन दर्ता गर्न तालिका बनाइएको थियो ।

उक्त दिन रास्वपाबाट मात्र सभामुख पदमा उम्मेदवारी परेको थियो । त्यसकारण अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आजको सदनले त्यसलाई औपचारिकता दिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्