०५ साउन २०८३, मंगलबार

देश र जनतालाई ठग्ने जति कठघरा र न्यायिक प्रक्रियामा जानुपर्छ- मन्त्री साह

चैत २२, २०८२
काठमाडौं
देश र जनतालाई ठग्ने जति कठघरा र न्यायिक प्रक्रियामा जानुपर्छ- मन्त्री साह
फाइल तस्वीर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहले देश र जनतालाई ठग्ने जो कोहीलाई न्यायिक प्रक्रियामा ल्याइने बताएका छन् । 

प्रतिनिधिसभाको आज आइतबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

उद्योगी, व्यापारीलाई धमाधम पक्राउ गरिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सरकारको कदमले अधिकांश उद्योगी, व्यापारी खुसी भएको दाबी पनि गरे ।

‘देश र जनतालाई जसले ठग्छ, कठघरामा आउँछ । न्यायिक प्रक्रियामा जानुपर्छ‚’ उनले भने ।

यस्तै, उनले सरकारले प्रशासनिक र कर्मचारीको हडल्ट अन्त्य गर्ने पनि दाबी गर्दै जनताको दिनचर्याको कुरा सहज बनाउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्