२६ असार २०८३, शुक्रबार

प्रतिनिधिसभाबाट ३ अध्यादेश स्वीकृत

चैत २३, २०८२
काठमाडौं
प्रतिनिधिसभाबाट ३ अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट ३ अध्यादेश स्वीकृत भएको छ ।

सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मत रूपमा स्वीकृत भएको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको जानकारी गराएका थिए ।

बैठकले नेपाली कम्युनिस्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते मङ्गलबार अपरान्ह १ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्