
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बसेको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
यही चैत १३ गते सरकार गठन भएसँगै मन्त्रिपरिषद् बैठकले निरन्तरता पाएको छ ।
मन्त्रिपरिषद्को बैठकअघि मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम समेत हेरफेर भएको छ ।
बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । यसअघि आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

उक्त बैठकले २८ अर्ब वैदेशिक ऋण स्वीकृत गर्नेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेसम्मका निर्णय गरेको थियो ।
यसैगरी सरकारी कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्मलाई तय गरेको थियो । जुन सोमबारदेखि नै लागू भइसकेको छ ।