
सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक पण्डितलाई मंगलबारदेखि डेपुटी गभर्नर बनाइएको हो ।
उनी विगतमा राष्ट्र बैंकको प्रवक्ता समेत रहेका थिए ।
मंगलबार बसेको मन्त्रिपरिषद्ले पण्डितलाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
राष्ट्र बैंकमा लामो समयदेखि डेपुटी गभर्नर पद रिक्त थियो ।