२५ जेठ २०८३, सोमबार

दुई दार्शनिक कृति सार्वजनिक​

चैत २५, २०८२
काठमाडौं
दुई दार्शनिक कृति सार्वजनिक​

स्पन्दशास्त्र र सौन्दर्यलहरी नामक दुई अनूदित दार्शनिक कृति एकैसाथ सार्वजनिक भएको छ ।

कमलप्रसाद ढुङ्गानाद्वारा अनुवाद तथा व्याख्या भएका यी दुई कृतिलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।​

काश्मीरी शैवाद्वैत मतमा दुई शाखा रहेका रहेछन्, जसमा प्रत्याभिज्ञा मत र स्पन्द मत पर्दछन् ।

स्पन्दशास्त्रमा यही स्पन्दमतको व्याख्या गरिएको छ । वसुगुप्ताचार्यका शिष्य भट्टकल्लटले गुरु वसुगुप्तकै दार्शनिक सिद्धान्तलाई अवलम्बन गरी रचना गरेका यस कृतिमा तीन निष्यन्द (खण्ड) छन् भने कुल मिलाएर ५३ श्‍लोक छन् ।

अनुवादक कमलप्रसाद ढुङ्गानाले यिनै श्लोकहरूको विभिन्न दर्शन र दार्शनिकहरूको अभिमतलाई आवश्यकताअनुसार खण्डनमण्डन गरी नेपाली भाषामा अनुवाद गरेका हुन् ।

कलेवरको हिसाबले भूमिका खण्डबाहेक कुल १०७ पृष्ठको कृतिलाई खासै ठूलो भन्न मिल्दैन तर पुस्तकमा शैवदर्शनको रहस्यलाई यति गहिरोसँग केलाइएको छ कि जसले गर्दा पुस्तक कुनै विशालकायको दार्शनिक ग्रन्थ भन्दा कम देखिन्न ।

त्यस्तै सौन्दर्य लहरी आद्यशङ्कराचार्यद्वारा रचित गहन दार्शनिक कृति हो । खासगरी शाक्तदर्शनको विशेषता केलाइएको यस कृतिमा शैवदर्शन पनि उत्तिकै सरोबर भएर आएको छ । यद्यपि रूपमा यो विशुद्धतम शाक्तदर्शनसित सम्बन्धित ग्रन्थ हो ।​

केनोपनिषदमा हैमवती उमा (शक्तितत्व)को वर्णन भेटिन्छ । सौन्दर्य लहरीमा उनै शक्तितत्वको विशेषता केलाइएको छ तर शक्तितत्व भन्नासाथ शिवतत्व पनि सँगसँगै आउने भएकाले सौन्दर्य लहरीलाई शिव र शक्तिको समन्वयात्मक प्रस्तुति मान्नुपर्ने हुन्छ ।

सौन्दर्य लहरीमा कुल १०० श्‍लोक छन् । अनुवादक कमलप्रसाद ढुङ्गानाले यिनै शत स्लोकी कृतिलाई सरल नेपाली भाषामा अनुवाद हुनुलाई साह्रै राम्रो काम मान्न सकिन्छ ।

किनभने प्रस्तुत कृति प्रौढतम संस्कृत भाषामा लेखिएको दार्शनिक ग्रन्थ हो, जसलाई बुझ्न यस्तै किसिमको अनुवाद र व्याख्याको आवश्यकता पर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्