३० जेठ २०८३, शनिबार

कञ्चनपुर कारागारमा झडप, ५ जना घाइते

चैत २५, २०८२
कञ्चनपुर
कञ्चनपुर कारागारमा झडप, ५ जना घाइते

कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा ५ कैदीबन्दी घाइते भएका छन् ।

कारागारभित्र कैदीबन्दीहरूबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।

त्यसैगरी, झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाईं समेत घाइते भएका छन् ।

अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक थापाले बताए ।

झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्