२९ असार २०८३, सोमबार

संविधान संशोधन बहसपत्र कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले राख्यो ४ सर्त

चैत २५, २०८२
काठमाडौं
संविधान संशोधन बहसपत्र कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले राख्यो ४ सर्त

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउनुअघि चार सर्त अगाडि सारेको छ ।

पार्टीले कार्यदलको कार्यक्षेत्र, विधि र उद्देश्यबारे स्पष्टता आवश्यक भन्दै सर्त अगाडि सारेको हो ।

सरकारले कांग्रेसलाई मन्त्रिपरिषद्को निर्णयअनुसार संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा एक जना प्रतिनिधि मनोनयन गर्न भन्दै नाम मागेको थियो ।

पार्टी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले हस्ताक्षर गरेर आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाउँदै सर्त अगाडि सारेका हुन्।

उक्त पत्र प्राप्त भएको जानकारी दिँदै कांग्रेसले संविधान संशोधन पूर्व व्यापक छलफल र सहमति आवश्यक रहेको भन्दै सरकारको पहललाई भने स्वागत गरेको छ ।

कांग्रेसले पत्रमा कार्यदलको क्षेत्राधिकार, भूमिका र सीमाबारे स्पष्ट उल्लेख नभएको भन्दै यसबारे जानकारी मागेको छ।

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्