३० जेठ २०८३, शनिबार

एसईईमा चिट चोराएको आरोपमा सहायक केन्द्राध्यक्ष पक्राउ

चैत २६, २०८२
विराटनगर
एसईईमा चिट चोराएको आरोपमा सहायक केन्द्राध्यक्ष पक्राउ

मोरङको ग्रामथानस्थित एक परीक्षा केन्द्रमा एसईईमा सहभागी विद्यार्थीलाई चिट चोराएको आरोपमा एक सहायक केन्द्राध्यक्ष पक्राउ परेका छन् ।

ग्रामथान–६ स्थित पब्लिक माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष प्रेमलाल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिहीबार भएको लेखा विषयको परीक्षाका क्रममा माझीले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

परीक्षाको मर्यादाविपरीत प्रश्नपत्र आउट गरेर विद्यार्थीलाई अवैध रूपमा सहयोग गरेको फेला परेपछि माझीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माझीलाई शिक्षा ऐन तथा परीक्षा सम्बन्धी कसुर अन्तर्गत कानूनी प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए  ।  

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्