
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पेसी तोकिएको छ । बिहीबार दर्ता पूरक रिटलाई सर्वोच्चले आज पेसी दिएको हो ।
यसअघि विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै रिटको पेसी आगामी वैशाख ३ गतेका लागि तोकिएको छ।
पार्टीको आधिकारिकता विवाद नटुंगिँदासम्म पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न मागसहित देउवा पक्षले बुधबार रिट दायर गरेको थियो ।
कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका तय गरेको छ । यद्यपि, देउवा समूह पार्टीको आधिकारिकता विवाद नटुङ्गिएसम्म सो कार्यतालिका कार्यान्वयन गर्न नहुने पक्षमा उभिएको छ ।
यस्तो छ रिट निवेदन