२९ जेठ २०८३, शुक्रबार

होबिन्द्र बोगटी र शाहाना बोहरा नगद पुरस्कारसहित सम्मानित

चैत २७, २०८२
काठमाडौं
होबिन्द्र बोगटी र शाहाना बोहरा नगद पुरस्कारसहित सम्मानित

जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी र प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी जवान शाहाना बोहरालाई पुरस्कृत गरिएको छ । 

ललितपुरको कृष्ण मन्दिरमा भएको घटनामा साहसिक काम गरेको र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप उनीहरूलाई शुक्रबार नगद पुरस्कारसहित सम्मानित गरिएको हो ।

यही चैत २५ गते राति ७:४० बजे कृष्ण मन्दिर घटनामा सिर्जन नेम्वाङ र सुमित नेम्वाङको हत्या भएको थियो ।

उक्त हत्यामा प्रयोग भएको हतियारसहित भाग्दै गरेको अभियुक्तलाई प्रहरी जवान बोहराले एक्लै लखेटी-लखेटी नियन्त्रणमा लिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्