०४ साउन २०८३, सोमबार
संसदीय समितिमा शीर्ष नेता

रवि, प्रचण्ड र हर्कले रोजे राज्य व्यवस्था समिति, सभापतिको निर्वाचन वैशाख ४ गते

चैत २७, २०८२
काठमाडौं
रवि, प्रचण्ड र हर्कले रोजे राज्य व्यवस्था समिति, सभापतिको निर्वाचन वैशाख ४ गते

रास्वपा सभापति रवि लामिछाने लगायत दलका शीर्ष नेताले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

दलीय सिफारिसका आधारमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका हुन् ।

प्रतिनिधिसभाको शक्तिशाली मानिने समितिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाही रहेका सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा जानकारी गराए । 

तर सचिवालयले सार्वजनिक गरेको सूचीमा शाहीको नाम सार्वजनिक लेखा समितिमा छ । 

यस्तै, कांग्रेसका अर्जुननरसिंह केसी र एमालेकी पद्मा अर्यालले पनि राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । समितिको क्षेत्राधिकारमा गृह मन्त्रालय, अख्तियार लगायत संवैधानिक आयोग पर्ने गरेको छन् ।

विभागीय मन्त्रीहरू सम्बन्धित मितिको सदस्य हुने व्यवस्था छ । समितिका सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि तोकिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति भने विपक्षी दलले पाउने संसदीय परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्