०२ साउन २०८३, शनिबार

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

चैत २८, २०८२
दाङ
मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ ।  

आज सम्पन्न फाइनल खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि हात पारेको हो । 

रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ अंकले पाल्पालाई पराजित गरेको हो । 

उपाधिसँगै विजेता रुपन्देहीले नगद एक लाख रूपैयाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रूपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । 

प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त रुकुम पूर्वले नगद ३५ हजार र चौथो स्थान प्राप्त बर्दियाले १५ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्