१० साउन २०८३, आइतबार

इरानविरुद्धको सैन्य अभियान अझै सकिएको छैन: इजरायली प्रधानमन्त्री

चैत २९, २०८२
काठमाडौं
इरानविरुद्धको सैन्य अभियान अझै सकिएको छैन: इजरायली प्रधानमन्त्री

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्धको इजरायली सैन्य अभियान अझै समाप्त नभएको बताएका छन्। 

लेबनानसँगको शान्ति वार्ताका लागि आफ्नो तर्फबाट स्वीकृति प्रदान गरे लगत्तै जारी गरिएको एक सन्देशमा उनले इरानसँगको संघर्ष अझै जारी रहेको र अझै धेरै काम गर्न बाँकी रहेको बताएका हुन्।

अमेरिका र इरानबीच पाकिस्तानमा सघन शान्ति वार्ता भइरहेको समयमा नेतान्याहुको यस्तो  टिप्पणी सार्वजनिक भएको हो। 

उनले इजरायलको सैन्य अभियानले इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्ने लगायतका धेरै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको दाबी गरे। यद्यपि, ती उपलब्धिहरू अझै पूर्ण नभएको र इरानमा अझै पनि केही संवर्द्धित आणविक सामग्री बाँकी रहेको उनले उल्लेख गरे।

आफ्नो सम्बोधनमा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई उद्धृत गर्दै इरानमा बाँकी रहेको उक्त सामग्रीलाई जुनसुकै हालतमा हटाउनुपर्नेमा जोड दिए। 
 

salt training

कमेन्ट गर्नुहोस्