
इस्लामावादमा भएको इरान र अमेरिकाबीचको शान्ति वार्तामा 'स्ट्रेट अफ हर्मुज' र इरानको आणविक कार्यक्रमका विषयमा छलफल भएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईका अनुसार, पछिल्लो २४ घण्टामा भएको यस वार्तामा आणविक मुद्दाका साथै प्रतिबन्धहरू हटाउने, युद्ध क्षतिपूर्ति र क्षेत्रमा जारी युद्धलाई पूर्ण रूपमा अन्त्य गर्ने विषयमा विस्तृत कुराकानी भएको छ।
बाकाईले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै यो वार्ताको सफलता अमेरिकाको गम्भीरता, इरानको वैध अधिकारको सम्मान र न्यायोचित मागहरूको स्वीकारोक्तिमा निर्भर रहने बताएका छन्।