१२ साउन २०८३, मंगलबार

राप्रपा विवाद : उपसभामुखमा उम्मेदवारीप्रति आपत्ति, लिङ्देनको राजीनामा माग

चैत २९, २०८२
काठमाडौं
राप्रपा विवाद : उपसभामुखमा उम्मेदवारीप्रति आपत्ति, लिङ्देनको राजीनामा माग
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी महामन्त्री धवलशमशेर राणा समूहले अध्यक्ष राजेन्द्र लिङ्देनलाई घुमाउरो भाषामा पार्टी अध्यक्षबाट राजीनामा दिएर महाधिवेशन गर्नका लागि निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ ।

महामन्त्री राणासहितका नेताहरूले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै निर्वाचनको नतिजाका विषयमा प्रश्न उठाएका छन् ।

यस्तै, पार्टीसँग सल्लाह नै नगरी उपसभामुख पदमा उम्मेदवारी दर्ता गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

‘मध्यावधि निर्वाचनको आलो घाउमा उपसभामुखको निर्वाचन त झन् नूनचूक दलेसरह भयो । उपसभामुख पदमा उम्मेदवारी दिएबाट राप्रपामाथि निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न मात्र उठेन, निर्वाचनको सो विषय केन्द्रीय कार्यसमिति/कार्यसम्पादन समितिमा छलफलसमेत नहुँदा, विधि पद्धति, प्रजातान्त्रिक अनुशासन र जिम्मेवारीबाट पार्टी र नेतृत्व पूर्ण चुकेको निष्कर्ष प्रवाह भयो‚’ विज्ञप्तिमा लेखिएको छ‚ ‘त्यसैले सच्चिने कि सकिने भन्ने गम्भीर अवस्थाबीच, केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन ।’

null

salt training

कमेन्ट गर्नुहोस्