०६ साउन २०८३, बुधबार

'विचलित मानसिकता भएकाहरूको भीडमा बसिएन' भन्दै राजेन्द्र बजगाईंले छाडे कांग्रेस

चैत २९, २०८२
काठमाडौं
'विचलित मानसिकता भएकाहरूको भीडमा बसिएन' भन्दै राजेन्द्र बजगाईंले छाडे कांग्रेस
फाइल तस्बिर

नेपाली कांग्रेसका निवर्तमान सांसद तथा नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै उनले आफू अब कांग्रेसमा नरहने निर्णय गरेको सार्वजनिक गरेका हुन्।

पार्टीको वर्तमान अवस्था र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बजगाईंले लेखेका छन्, 'अन्ततः कांग्रेसमा बसिएन। संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।'

बजगाईंले पार्टीभित्र विशेष समूहहरू चरणबद्ध रूपमा पार्टी कब्जा गर्ने अभियानमा लागेको आरोप समेत लगाएका छन्। उनले सदस्यता वितरण र तथ्याङ्क सङ्कलनको आडमा भित्री षड्यन्त्र गरेर कांग्रेसमाथि नियन्त्रण जमाउने खेल भइरहेको दाबी गरेका छन्। 

यसैगरी, उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) को सदस्यता पुनःस्थापन गर्ने नेतृत्वको निर्णयप्रति पनि खेद व्यक्त गरेका छन्। सो निर्णयको औचित्यमाथि प्रश्न उठाउँदै उनले लेखेका छन्, 'त्यो फेरि फेरि भर्न किन पर्थ्यो र? त्यसको औचित्य छैन र थिएन नि!'
 

salt training

कमेन्ट गर्नुहोस्